डोटी जिल्ला सदरमुकाम सिलगढी डोटी बाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो । यस गाउँपालिका क्षेत्रको नाम “जोरायल” किन रहन गयो भन्ने बिषयमा एकमत देखिदैन । तर महाभारतको कथा अनुसार क्रममा भीमले जरासन्ध नामक राक्षकलाई दुई तिघ्रा समातेर बिचोबिच च्यातेर फाल्दा एक भाग यस क्षेत्रमा परेको हुँदा जरासन्धबाट ‘जरालय’ हुँदै ‘जोरायल’ भएको हो भन्ने धेरैको मत छ । कौरवहरुसंग जुवा हारेपछि १२ बर्षको बनबास र एक बर्षको गुप्तबासका क्रममा संयोगले एकदिन उनीहरू ‘जोरायलको शिरस्थानस्थित चौड़ेथल महाभारत पर्वत’ मा आइपुगे । चौड़ेथल जगत्तड़ी पर्वत