header AD
संक्षिप्त विवरण

जोरायल गाउँपालिका सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले समृद्ध स्थानीय तह हो । कुल ४१९.09 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिका २९° ०२' देखि २९° १५' उत्तरी अक्षांश र ८०° ५०' देखि ८१° ०५' पूर्वी देशान्तरको बीचमा अवस्थित छ । समुद्री सतहबाट करिब ४०० मिटरको होचो भूभागदेखि २,४०० मिटरसम्मको अग्लो पहाडी उचाइसम्म फैलिएकाले यहाँ उपोष्णदेखि समशीतोष्ण किसिमको विविध जलवायु पाइन्छ । भौगोलिक सीमानाको हिसाबले यसको पूर्वमा बोगटान फुड्सिल गाउँपालिका र सुर्खेत, पश्चिममा डडेल्धुरा र कैलाली, उत्तरमा शिखर नगरपालिका तथा दक्षिणमा कैलाली जिल्ला पर्दछन् । तराईका जिल्लाहरूसँग सहज पहुँच र भीमदत्त राजमार्गको सामिप्यताका कारण रणनीतिक रूपमा समेत यो स्थानीय तह महत्त्वपूर्ण मानिन्छ ।

भौगोलिक विविधतायुक्त यस गाउँपालिकाको सबैभन्दा ठूलो विशेषता यहाँको उब्जाउ जोरायल उपत्यका हो, जुन डोटी जिल्लाकै प्रमुख अन्नभण्डारका रूपमा चिनिन्छ । यहाँ उत्पादन हुने मौलिक 'जोरायली बास्मती' र हंशराज धान देशभरि प्रसिद्ध छन् । सिँचाइका लागि यहाँ बहने छतिवन खोला, गोमति गाड, जोरायली गाड लगायतका जलस्रोतहरू मुख्य आधार हुन् भने छतिवन ताल र मनोरम झरनाहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई थप उजागर गरेका छन् । प्राकृतिक रूपमा सम्पन्न हुनुका साथै घण्टेश्वर, मालिका मन्दिर, कालिका मन्दिर, केदार बाबा लगायत दर्जनौ धार्मिक स्थलहरु तथा छतिवन ताल, छहरा झरना, तेले कहाभारत लेक जस्ता सुन्दर पर्यटकिय स्थलहरु, प्राचीन धार्मिक स्थलहरू एवं मौलिक देउडा संस्कृतिले यस क्षेत्रको सांस्कृतिक गौरव बढाएका छन् । यसरी समथर उपत्यका, उच्च पहाडी भूबनोट, जलस्रोत, जैविक विविधता र पर्यटकीय सम्भावनाको उत्कृष्ट संगम रहेको जोरायल गाउँपालिका डोटीकै एक प्रमुख र द्रुत गतिमा विकास भइरहेको स्थानीय तह हो ।

आधारभूत जानकारी
Sudur Pashchim
Doti
गाउँपालिका
419.09 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 21299
Male 11012
Female 10286
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website http://jorayalmun.gov.np
Map coordinates not available