FAQs Complain Problems

प्रमुख सूचना::

एम्बुलेन्स चालक आवस्यकता सम्बन्धी सूचना

करारमा सेवा लिने सम्बन्धी सूचना

   (सुचना प्रकाशित मिति : २०७६/0२/०८)

जोरायल गाउँपालिकाको लागी एम्बुलेन्स चालकको रुपमा देहायको संख्या र योग्यता भएको कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिन भित्र दिनको २:०० बजेसम्म रु ३००।(तिन सय) राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ ।दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा विदाको भोलि पल्ट सम्म दरखास्त बुझाउन सकिने छ ।  यसको फाराम कार्यालय वा वेवसाइट www.jorayalmun.gov.np वा गाउँपालिकाको फेसबुक पेजबाट बाट उपलब्ध हुनेछ ।

पद नाम

संख्या

   एम्बुलेन्स चालक

एक (१)

२.  योग्यता :

१. नेपाली नागरिक ।

२. साक्षर।

३. २५ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने ।

४. सवारी चालक अनुमतिपत्र प्राप्त गरेको ।

५ सवारी चालकको रुपमा न्यूनतम पाँच वर्षको अनुभव प्राप्त गरेको ।

६ राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोके बमोजिमको प्राथमिक उपचारको तालिम प्राप्त गरेको ।

५. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

३. दरखास्तमा संलग्न गर्नुपर्नेः नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, सवारी चालक अनुमतिपत्रको प्रमाणित प्रतिलिपि , प्राथमिक उपचारको तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि , सवारी चालकको रुपमा न्यूनतम पाँच वर्षको अनुभव प्राप्त गरेको प्रमाण ।पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।

४. पारीश्रमिक – मासिक रू १८,३४० का साथै विरामी ल्याए पुर्याए बाफत प्रत्येक पटकको  भत्ता स्वरुप रु ७००।तर भत्ता पाउनका लागी न्यूनतम दुरी १५ किलोमिटर सवारी साधन चलाएको हुनुपर्नेछ ।

५.  परीक्षाको किसिम –  अन्तरवार्ता

६.  अन्तरवार्ता हुने मिति, समय र स्थान – २०७६ । ०२ ।२४ गते विहान  ८ : ०० बजे जोरायल गाउँ कार्यपालीकाको कार्यालय रावतकट्टे  डोटी ।

पुनश्च – अन्तरवार्तामा सहभागी हुन आउँदा सम्बन्धीत उम्मेदवारले निजलाइ यस कार्यालयबाट दिइएको दरखास्त फारामको छायाँप्रति,  नागरिकताको सक्कल, प्राथमिक उपचारको तालिम प्राप्त गरेको प्रमाणपत्रको सक्कल र सवारी चालक अनुमतिपत्रको सक्कल अनिवार्य रुपमा ल्याउनुपर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत

 

दरखास्त फारम यसै साथ डाउनलोड गर्न सकिने छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: