FAQs Complain Problems

प्रमुख सूचना::

जोरायल गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जोरायल गाउँपालिकाले सडक पूर्बाधारलाई प्राथमिकता दिएपनि मापदण्ड अनुसार सडक निर्माण नभईरहेको स्थानीय बान्दिाहरुले गुनासो गरेका छन । उनीहरुले जोरायल सडक निर्माण गर्ने नाममा धमाधम ट्रयाक खोल्नु भन्दा दिगो रुपमा टिकाउ हुने गरि नाली सहितको फराकिलो सडक निर्माण गर्न सहभागिहरुले गाउँपालिकालाई सुझाव दिएका छन । 
जोरायल गाउँपालिकाद्धारा शनिबार रावतकट्टेमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले पारदर्शीता र जवाफदेहिता विषयमा सवाल उठाएका थिए । गाउँपालिका स्थानीय सरकार भएकाले स्थानीय स्तरमा कृषि तथा पशुपालनको प्रबद्र्धन, बिद्युतीकरण, योजनाबद्ध बिकास लगायतका विषयमा गाउँपालिकाले ध्यान दिनु पर्ने सहभागिहरुको जोड रहेको थियो । 
यसै गरि कार्यक्रममा गाउँपालिकाले निर्माण गर्ने बजेट बितरणमुखी भएको, अनिवार्य र निशुल्क शिक्षा भनिए पनि शुल्क लिने गरिएको, समयमा बजेट विनियोजन र सम्झौतामा नहुने गरेको, सडकले छोएका वस्तीका जग्गाको मुल्यंकन र नक्सा पास हुनु पर्ने, खानेपानी र सडकको मर्मतको शिर्षकमा वजेट वढी गएको लगायतका गुनासा र सुझावहरु आएका थिए । 
सहभागिहरुको जिज्ञासाको जवाफ दिदै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफुहरु समृद्ध गाउँपालिका निर्माणको लागि योजनाद्ध विकासमा लागेको दावी गर्नु भयो । सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गर्दै अध्यक्ष ओझाले समृद्ध गाउँपालिका निर्माणको लागि रचनात्मक सल्ला र सुझावको अपेक्षा गरेको बताउनु भयो । 
कार्यक्रममा उठेको एक सवालको जवाफ दिदै अध्यक्ष ओझाले जोरायल गाउँपालिका क्षेत्रमा पर्यटन विकासका थुप्रै सम्भावना भएकाले जोरायललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन साङलो चलचित्र जोरायलमा सुटिङ गराउन कलाकार टिमलाई जोरायलमा खाना बस्न र स्थानीय यातायात खर्च उपलब्ध गराएको स्पष्ट पार्नु भयो । उक्त कार्यक्रममा उठेका सवालहरुको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनु भएको थियो । 
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विगत एकवर्षको अवधीमा भएका गतिबिधिहरुको वारेमा प्रमुख प्रशासकिय अधिकृत समीर भण्डारीले जानकारी गराउनु भएको थियो । 
यसैगरि जोरायल गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जमुना बोहराले एक वर्षमा योजना विवाद, सामुदायिक वन सम्वन्धि विवाद, साध सिमाना विवाद, घरेलु हिंसा, लेनदेन, सम्वन्ध विच्छेद जस्ता ३२ वटा मुद्दा दर्ता भएकोमा २० वटा मुद्दा फछ्र्यौट भएको, २ वटा सम्वन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा चलिरहेको र वांकी १० वटा फछ्र्यौट हुन वांकी रहेको जानकारी दिनु भयो । सिड नेपालका कार्यक्रम संयोजक नरेन्द्र रोकायाले पारदर्शिता र जवाफदेहिता प्रबद्र्धन गर्नका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण र सार्वजनिक परिक्षणलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो । 
जोरायल गाउंपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता तथा सूचना अधिकारी हरिदत्त पाण्डेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण पत्रकार दीर्घ खत्रीले गर्नु भएको थियो । 
उक्त कार्यक्रमको आयोजना गर्नको लागि सहिजकरण लगायतका प्राबिधिक सहयोग युनाईटेड मिसन टु नेपाल र सिड नेपाल डोटीले उपलब्ध गराएका थिए ।

आर्थिक वर्ष: